१४ असार २०८३, आइतबार

सरकारलाई संकट, सत्तारूढ दलकै चार सांसद संशोधनको विपक्षमा !

कात्तिक २०, २०७४
सरकारलाई संकट, सत्तारूढ दलकै चार सांसद संशोधनको विपक्षमा !
काठमाडौं, १५ फागुन — प्रदेश सभाको सहमतिबेगर संविधान संशोधन गर्न नहुने भन्दै सत्तारूढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसका चारजना सांसदले संविधान संशोधन विधेयकमाथि संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् ।


माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका चन्द्र भण्डारी, सांसद धनराज गुरुङ र अमरसिंह नरबहादुर पुनले आइतवार संसद सचिवालय सिंहदरबारमा संयुक्त संशोधन दर्ता गराएका हुन् ।

पाँच नम्बर प्रदेश टुक्र्याउने निर्णयको विपक्षमा रहेका चारजना सांसदले प्रदेश सभाको अनुमतिविना प्रदेशको सीमाङ्कन हेरफेर गर्न नमिल्ने बताएका छन् ।

चारजना सांसद विपक्षमा उभिएपछि सरकारलाई संविधान संशोधनमा दुईतिहाइ मत जुटाउन कठिन पर्ने देखिएको छ । राप्रपा, फोरम लोकतान्त्रिक लयागत सरकारलाई समर्थन गरेका दल जोड्दा समेत संशोधन पारित गराउन सरकारलाई पाँच सांसदको अभाव थियो ।

सत्तारूढ दलकै चारजना सांसद विपक्षमा उभिएपछि संशोधनमा दुईतिहाइ पु–याउन सरकारलाई संकट पर्ने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्