
काठमाडौं — पेट्रोल पम्पमा कार लिएर आएका एक युवकको मूर्खताका कारण पम्पमा आगो लागेको छ ।
तर पम्प कर्मचारीहरूले सुझबुझ देखाएपछि समयमै आगो नियन्त्रण गर्न सकियो । घटनामा कसैलाई केही नोक्सानी भएन ।
अमेरिकाको न्युजर्सीमा भएको यो घटनामा आरोपितलाई प्रहरीले खोजिरहेको छ ।
सीसीटीभी फूटेज हेर्दा देखिन्छ : कारचालक पहिला पम्पमा पेट्रोल लिन आउँछ । पम्पका कर्मचारीले उसको कारबाट पाइप निकाल्नुअघि नै ऊ कार गुडाउन थाल्छ ।
अनि त पेट्रोलको पाइप मशिनसमेत उखेलिन्छ र त्यहाँ आगो लाग्छ । आगो लागेको देख्नेबित्तिकै पम्प कर्मचारी त्यहाँ पुग्छन् र केही सेकेन्डभित्र आगोमा नियन्त्रण कायम गर्छन् ।
घटनापछि फरार रहेका कारचालकलाई प्रहरीले खोजिरहेको छ ।
एजेन्सी