३० जेठ २०८३, शनिबार

यमनमा हवाई आक्रमण, १५ नागरिकको मृत्यु

यमनमा हवाई आक्रमण, १५ नागरिकको मृत्यु

काठमाडौं — यमनको होदैदा प्रान्तमा मिनीबसहरूमा गरिएको हवाई आक्रमणमा कम्तीमा १५ नागरिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघले आइतवार भएको आक्रमणमा मानिस मारिएको र घाइते भएको पुष्टि गरेको छ । 

यमनमा राष्ट्रसंघको मानवीय संयोजक लीसे ग्रान्डेले भने, ‘होदैदा प्रान्तको जबाल रास जिल्लामा मिनीबसमा गरिएको आक्रमणमा १५ नागरिक मारिएका छन् । यमनमा काम गर्ने राष्ट्रसंघीय एजेन्सीहरू नागरिकमाथि यस आक्रमणको कडा निन्दा गर्छन् र पीडित परिवारप्रति गहिरो संवेदना प्रकट गर्दछन् ।’

उनले भने, ‘अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत युद्धरत पक्षले सावधानी, समानता र सम्मानको सिद्धान्तलाई पालन गर्न बाध्य बनाइन्छ ।’

जुन २०१८ पछि अल होदैदा प्रान्तमा साउदी अरबको आक्रमण शुरू भएपछि अहिलेसम्म १७० मानिस मारिसकिएका छन् भने १७ सय घाइते भएका छन् । चार लाख २५ हजार भन्दा बढी मानिसले घर छोडेर जानुपरेको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्