२४ जेठ २०८३, आइतबार

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, गाडी चल्ने रुटसहित

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, गाडी चल्ने रुटसहित

काठमाडौँ–नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । 

नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन् । 

नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिने प्रहरीले जनाएको छ । 
त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्सालसम्म पनि प्रहरीको बस चल्नेछन् । 

यसैगरी नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म प्रहरीका बसले सेवा दिनेछन् । 

प्रहरीको निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ । प्रहरीले गत वर्षपनि अष्टमी, नवमी र विजयादशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्