०५ असार २०८३, शुक्रबार

किशोरको मृत्यु, हत्या गरी फालिएको आशंका

असोज २९, २०७५
किशोरको मृत्यु, हत्या गरी फालिएको आशंका

लहान– सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ । 

घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो ।
 बेवारिसे अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शवपरीक्षणका लागि रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 
स्थानीयवासीले किशोरको हत्या गरी फ्याँकिएको हुन सक्ने आशङ्का गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्