
रोल्पा– आफन्तबाट बलात्कृत यहाँकी एक बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
केही महीनाअघि बलात्कारमा परेकी बालिकाको अर्थ अभावका कारण उपचार हुन नसकेपछि विदेशमा रहेका रोल्पाली युवाले सहयोग सङ्कलन गरी उनको परिवारलाई हस्तान्तरण गरेका छन् ।
रोल्पाली युवाको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सङ्कलन गरेर यहाँ पठाएको रु २२ हजार समाजका प्रमुख सल्लाहकार काशीराम डाँगी नेतृत्वको टोलीले हस्तान्तरण गरेको हो ।