२२ असार २०८३, सोमबार

बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेच, छन् ७५० वटा हीराका टुक्रा

असोज ३०, २०७५
बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेच, छन् ७५० वटा हीराका टुक्रा

 काठमाडौं– नेपालका राजाहरुको शिरमा मात्र देख्न सकिने श्रीपेच अब सर्वसाधरणले सिधै अवलोकन गर्न पाउने भएका छन् ।नारायणहिटी दरबार संग्रहालयमा सोमबारदेखि राजाहरुले लगाउने श्रीपेच सर्वसाधरणको अवलोकनका लागि खुला गरिएको हो । श्रीपेच प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । नारायणहिटीमा श्रीपेचका साथै राजदण्ड र अन्य सामग्रीसमेत देख्न सकिने भएको छ ।

विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबारलगायतका सामग्री अवलोकन गर्न मिल्ने गरी प्रदर्शनीमा राखिएको छ ।
तत्कालीन राजाहरुले पहिरिने श्रीपेचमा ७५० वटा हीराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्ली भने बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।
श्रीपेचमा कल्लीबाहेकका भागमा हीरामोती, माणिक, नवरत्न र सुनजडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी श्रीपेचमा अस्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइजको बहुमूल्य प्वाँख जडित हुने बताउँछन् । अाजकाे राजधानी दैनिकमा खबर छँपिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्