
काठमाडौं– दसैंं भन्नेबित्तिकै झट्ट सम्झना आउँछ– नयाँ नोट, नयाँ कपडा, टीकाजमरा, आफन्त भेटघाट र पिङ ।
परम्परागत संस्कृति र मासु (मांसहारीका लागि) दसैंंको अर्को चिनारी । यतिमात्र नभई दसैंंले नेपालको अर्थतन्त्रमा समेत रणनीतिक भूमिका निर्वाह गरिरहेको छ ।
दसैं केन्द्रित तथ्यांक हालसम्म तयार नभए पनि वार्षिक कारोबारको झन्डै एक तिहाइ आर्थिक गतिविधि यही चाडमा हुने गरेको छ ।
‘सहरदेखि गाउँसम्मको अर्थतन्त्रलाई एकैपटक चलायमान बनाउने एकमात्र उत्सव हो,’ पूर्वअर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘दसैंले अस्थायी रोजगारीसमेत सिर्जना गरिदिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।