१० साउन २०८३, आइतबार

आजबाट देशभर अशोकको ʻजय भोलेʼ

आजबाट देशभर अशोकको ʻजय भोलेʼ

काठमाडौं। चलचित्र ʻजय भोलेʼ आजबाट ʻअल नेपालʼ प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज फूलपातिको दिनबाट प्रदर्शनमा आएको हो । अशोक शर्मा निर्देशित ʻजय भोलेʼको कथा खगेन्द्र लामिछानेले लेखेका हुन । चलचित्रमा खगेन्द्र मुख्य भूमिकामा छन् ।

यता अशोकले ʻयो मायाको सागरʼचलचित्र निर्देशनको झण्डै बाह्र वर्षपछि ʻजय भोलेʼ निर्देशन गरेका हुन ।

चलचित्रमा खगेन्द्रका साथमा सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । दर्शकको चलचित्रप्रतिको उत्साहलाई आत्मसाथ गर्दै चलचित्रको सोमबारबाटै अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीमा चलचित्रलाई पहिलो दिन आज कुल २४ सो उपलब्ध गराएको छ । 

चलचित्रमा किरन शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माताको रुपमा रहेका छन् । राजन राज शिवाकोटीको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रमा वान नेपाल स्टन्ट टिमको द्वन्द्ध रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा राजु ढुंगानाको सम्पादन छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको गीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्