१२ असार २०८३, शुक्रबार

स्टोर्मी डेनियल्सविरुद्धको मुद्दा जिते ट्रम्पले

स्टोर्मी डेनियल्सविरुद्धको मुद्दा जिते ट्रम्पले

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध पोर्नस्टार स्टोर्मी डेनियल्सले हालेको मुद्दालाई अदालतले खारेज गरिदिएको छ । 

डेनियल्सको वास्तविक नाम स्टीफनी क्लिफ्फोर्ड हो । उनलाई सन् २०१६ को राष्ट्रपति चुनावभन्दा केहीअघि ट्रम्पका वकिलले ट्रम्पसँगको सम्बन्धका विषयमा मौन रहनका लागि १ लाख ३० हजार डलर दिएका थिए ।

डेनियल्सले यसै मामिलामा ट्रम्पविरुद्ध मानहानिको मुद्दा हालेकी थिइन् । लस एन्जेलसमा जिल्ला न्यायाधीश एस जेम्स ओटेरोले डेनियल्सको मुद्दा खारेज गरिदिएका हुन् ।

पोर्न फिल्मकी चर्चित अभिनेत्री डेनियल्सले पुस्तकै लेखेर ट्रम्पसँगको सम्बन्धका बारेमा चर्चा गरेकी छन् । डेनियल्सले खुलासाका विषयमा चुप रहनका लागि ट्रम्पका तर्फबाट धम्की पाएको आरोप लगाएको भएपनि ट्रम्पले धम्कीको
आरोप मनगढन्ते भएको बताएका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्