
काठमाडौं — साउदी अरबका पत्रकार जमाल खशोग्गी इस्तानबुलको साउदी वाणिज्य दूतावासबाट बेपत्ता भएको घटना उनको एप्पल वाचमा रेकर्ड भएको कुरा सार्वजनिक भएको छ ।
टर्कीको पत्रिका सबामा सबभन्दा पहिले यो खबर छापिएको हो र अन्य पत्रिकाले पनि यसलाई छापे ।
सबा पत्रिकाका अनुसार, साउदी दूतावासमा पस्नुअघि खशोग्गीले एप्पल वाचमा रेकर्डिङ सुविधा अन गरेका थिए ।
त्यसैले गर्दा उनीमाथि गरिएको केरकार, उनलाई दिइएको यातना र उनको हत्यासँग सम्बन्धित सबै घटना वाचमा रेकर्ड भएको लेखिएको छ । यो जानकारी उनको आईफोनमा ट्रान्सफर भएको र एप्पलको आईक्लाउडमा पनि अप्लोड भएको बताइन्छ ।
पत्रिकाका अनुसार, यो आईफोन दूतावास बाहिर उनको प्रतीक्षा गरिरहेककी उनकी प्रेमिकासँग थियो ।
रिपोर्टका अनुसार, खशोग्गीमाथि आक्रमण गर्नेहरूले उनको वाच हेरे र त्यसलाई खोल्नका लागि पासकोड हाल्ने कोशिश गरे । पछि उनीहरूले खशोग्गीको फिंगरप्रिन्टबाटै त्यसलाई अनलक गरे । उनीहरू त्यहाँ रहेका केही फाइल
डिलिट गरे तर सबै फाइल डिलिट गर्न सकेनन् ।
तर यो रिपोर्टमा केही तथ्यहरू पत्याउन सकिने खालका छैनन् ।
एप्पलको घडीले कम्पनी टच आईडी सिस्टम प्रयोग गर्दैन त्यसैले फिंगरप्रिन्टमार्फत यसलाई अनलक गर्न असम्भव छ । आईफोनमा फिंगरप्रिन्ट राखेर मात्र यसलाई अनलक गर्न सकिन्छ । तर यो घटनामा त्यो पनि सम्भव थिएन
किनकि आईफोन भवनबाहिर थियो ।
त्यसैले एप्पल वाचमा रेकर्डिङ भएको रिपोर्ट झूटो जस्तो देखिन्छ । तैपनि रेकर्डिङको सम्भावनाका बारेमा कुरा गरौं ।
अडियो रेकर्डको सुविधा यो डिभाइसमा छैन । तर थर्ड पार्टी एप्समार्फत यो गर्न सम्भव छ ।
खशोग्गीले दूतावास छिर्नुअघि एप चलाएर रेकर्डिङ गर्नसक्ने सम्भावना चाहिँ छ ।
तर यो अडियो उनको आईफोनसम्म पुग्नका लागि उनले दूतावासका अधिकारीको नजरबाट बचेर स्टप बटन थिच्नुपर्ने हुन्थ्यो । त्यसपछि घडीमा ब्लूटूथ आवश्यक हुन्छ जसमार्फत आईफोनसँग कनेक्ट गर्न सकिन्छ । ब्लूटूथले पनि
एउटा सीमासम्म मात्र काम गर्छ ।
बीबीसीमा प्रकाशित रोरी सेलन जोन्सको रिपोर्ट