२२ जेठ २०८३, शुक्रबार

गरीब मुलुकहरूको डरका कारण मौलाइरहेछ युद्धको व्यापार

गरीब मुलुकहरूको डरका कारण मौलाइरहेछ युद्धको व्यापार

काठमाडौं — पहिलेका विश्वनेताहरू संयुक्त राष्ट्रसंघको साधारणसभामा भाषण दिँदा आफ्ना समस्या र सफलताभन्दा पनि संसारको सुखदुःखको कुरा गर्थे । 

अहिलेका चाहिँ केही नेता मात्र आफ्नो पीडालाई बिर्सेर पृथ्वीको हरेक सामान्य मानिसको कुरा सुन्छन् । 

साधारणसभामा मलेसियाका ९३ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले सामान्य मानिसको कुरा झिके । 

चौबीस मिनेटसम्म उनले गरेको भाषणमा एउटा टुक्रा यस्तो थियो :

म्याडम स्पीकर, कस्तो अचम्मको कुरा है, तपाईंले एकजनाको हत्या गर्नुभयो भने हत्यारा कहलाइनुहुन्छ तर युद्धका नाममा लाखौं मानिसलाई मार्दा चाहिँ नायक भनिनुहुन्छ । 

एक मानिसको हत्या गर्दा मृत्युदण्डको सजाय सुनाइन सक्छ । लाखौंलाई मार्दा चाहिँ इतिहासमा तपाईंको नाम सुनौलो अक्षरमा लेखिन्छ । तपाईंका मूर्ति बन्छन् । 

हत्या गम्भीर अपराध हो भने युद्धको नाममा हुने नरसंहार जायज र कानूनी ठहरिन्छ । 

हाम्रो मानसिकतामा रहेको यो खोटलाई सुधार्नु जरूरी छ । शान्ति कायम राख्नका लागि युद्ध आवश्यक रहेको हामी विश्वास गर्छौं । त्यसैले युद्धमा घातक हतियार तयार गरेर प्रयोग गर्ने गरिएको छ । 

अविकसित देशहरूलाई नयाँ र महंगा हतियारको परीक्षणस्थल र बजार बनाइएको छ । विश्वशान्तिको माला सबभन्दा बढी जप्ने देश नै यो लज्जास्पद व्यापारमा सबभन्दा अगाडि छन् । 

यो व्यापारले अनेकौं देशलाई ऋणमा डुबाएको छ । 

आधुनिक फाइटर जेटको सय मिलियन डलर पर्छ । त्यसको रेखदेखका लागि लाखौं डलर अलग्गै खर्च गर्नुपर्ने हुन्छ । 

गरीब देशहरूको हतियार किन्ने औकात नभएपनि शक्तिशाली देशले उनीहरूलाई दबाब दिन्छन् । 

‘तिमीहरूको शत्रुसँग पहिलेदेखि नै हतियार छ र शक्ति सन्तुलनका लागि तिमीले पनि हतियार राख्नुपर्छ’ भनी तर्साइन्छ ।

अनि भोकमरी तथा अन्य समस्याको सामना गरिरहेका देशको बजेटको ठूलो भाग यी महंगा हतियार किन्नमा खर्च हुन्छ । ती हतियारको प्रयोग पटक्कै नहुन पनि सक्छ । 

तर म्याडम स्पीकर, मेरो जीवनकालमा नभएपनि आगामी पुस्ताले यो सोचलाई अवश्य त्याग्ने मलाई विश्वास छ ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्