२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव– डण्डा लिएर अघि बढ्नुस्

प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव– डण्डा लिएर अघि बढ्नुस्

रौतहट– पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधव कुमार नेपालले देशको अवस्था बेहाल भएको भन्दै हातमा डण्डा लिएर अघि बढ्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । 

प्रजातन्त्रको नाममा देशमा आराजकतन्त्र बढेको भन्दै नेता नेपालले कसैले–कसैलाई नटेर्ने अवस्था बढेको टिप्पणी गरेका हुन् । 

बडादशैको अवसरमा नेकपा रौतहटको आयोजनामा गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरमा भएको शुभ कामना आदान प्रदान कार्यक्रम नेता नेपालले देशमा घुसखोरी, जनताको काममा ढिलासुस्ती गर्ने जस्ता प्रबृत्ति बढेकाले त्यसको खवरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए । 

देशको यो अवस्थालाई आफूले यत्तिकै हेरर बस्न नसक्ने भन्दै कठोर बन्न नेता नेपालले सरकारलाई आग्रह गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्