
कञ्चनपुर– नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने महाकाली नगरपालिका–४ का ५३ वर्षीय धनगिरि सुनारको प्रहरीले जीवितै उद्धार गरेको छ ।
महाकाली नदीमा हामफालेका सुनारको तत्कालै प्रहरीको टोलीले जानकारी पाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।
सुनारको अवस्था सामान्य छ ।