३० जेठ २०८३, शनिबार

प्रवासीकाे दशैं : रातभरि जाग्छ सनैया

असोज ३१, २०७५
प्रवासीकाे दशैं : रातभरि जाग्छ सनैया

काठमाडौं– पोखराका रेशम बस्नेत दसैंमा घर फर्किन नपाए पनि टीका शुक्रबार परेकोमा दंग छन् । ‘शुक्रबार हाम्रो बिदा हुन्छ, बिहीबार दिनभरि काम सकेपछि राति खसी ढाल्ने योजना छ,’ २३ वर्षदेखि कतारमा कार्यरत बस्नेतले भने, ‘यसपालि महानवमीको रातभरि सनैया जागिरहनेछ ।’

दसैंका दिन बिदा नपाइएला भनेर सधैं चिन्ता लागिरहने उनले सुनाए । ‘यसपालि भाग्यले साथ दियो, बिदाकै दिन परेछ,’ उनले भने ।

खाडीमा अधिकांश नेपाली कामदारलाई सनैया (औद्योगिक क्षेत्र) मा राखिएको छ । एकै स्थानमा नेपालीको बाक्लो उपस्थितिले मुख्य चाडपर्वमा रौनक थपिन्छ । अाजको कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्