२३ जेठ २०८३, शनिबार

आफैं कर्मचारी राख्ने प्रदेश २ को तयारी

असोज ३१, २०७५
आफैं कर्मचारी राख्ने प्रदेश २ को तयारी

 काठमाडौं– केन्द्रबाट आवश्यकताअनुसार कर्मचारी नपाएपछि प्रदेश २ सरकारले आफैं कर्मचारी भर्ना गर्ने तयारी थालेको छ । 

गत महिना पोखरामा भएको मुख्यमन्त्री भेलाले कर्मचारी व्यवस्थापन नभएसम्म करारमा राख्ने गरी सहमति दिन केन्द्रसँग माग गरेको थियो ।


तर केन्द्रले सहमति नदिँदै प्रदेश–२ ले करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक प्रदेशसभामा दर्ता गराइसकेको छ । संघीय कानुन नआउँदै प्रदेश प्रहरी सेवा ऐन ल्याएको प्रदेश २ एकपछि अर्को कानुन ल्याउने तयारीमा देखिन्छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्