१६ असार २०८३, मंगलबार

पाकिस्तानमा कलिली बच्चीलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई दिइयो मृत्युदण्ड

पाकिस्तानमा कलिली बच्चीलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई दिइयो मृत्युदण्ड

काठमाडौं — जैनाब फातिमा अमीनलाई पूर्वी पाकिस्तानको कसुर नामक ठाउँमा सडकबाट उठाएर लगिएको थियो । उनका भौतिक अवशेषहरू पाँच दिनपछि फोहरको थुप्रोमा भेटिएको थियो । 

ती बालिकाको शरीरमा २४ वर्षीय इमरान अलीको डीएनए भेटिएको थियो । अलीले जैनाब तथा अन्य चार बालिकको हत्या गरेको स्वीकारेपछि उनलाई चारवटा मृत्युदण्डको सजाय दिइएको थियो । 

‘अलीलाई बुधवार बिहान एकजना जेल अधिकारी र पीडितका पिताको उपस्थितिमा मृत्युदण्ड दिइएको छ,’ लाहोरको केन्द्रीय कारागारका एक अधिकारीले बताए । 

‘उनको मृत शरीर परिवारलाई दिइएको थियो र उनीहरूले त्यसलाई गाड्न लगे,’ उनले भने ।

जैनाबका पिता मोहम्मद अमीन अन्सारीलाई मृत्युदण्डको साक्षी बन्न दिइएको थियो । उनले न्यायपालिका, सरकार र अनुसन्धान अधिकारीहरूलाई चाँडो न्याय दिलाएकोमा धन्यवाद दिए । 

अन्सारीले इमरानलाई सार्वजनिक स्थानमा फाँसी दिनुपर्ने ताकि अन्य बलात्कारी तर्सिऊन् भन्ने माग राखेका थिए तर न्यायाधीशहरूले उनको निवेदन खारेज गरे । 

‘मेरी छोरी त फर्केर आउँदिनँ तर हामीले न्याय पाएकोमा म सन्तुष्ट छु,’ उनले भने । 

ती ६ वर्षीया बालिकालाई इमरान अलीले कुरानको कक्षामा जाँदै गर्दा आफूसँग लगेका थिए । 

पाँच दिनपछि उनलाई बलात्कार गरेर घाँटी थिची मारिएको अवस्थामा एउटा फोहरको थुप्रोमा भेटिएको थियो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्