२९ जेठ २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेना तेस्रो

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेना तेस्रो

काठमाडौं – नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । 

एक दर्जन देशका ३३ सैन्य टोलीबीच पाकिस्तानको लाहोरमा असोज २२ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित काँस्य पदक जितेको हो । नेपाली सैनिक टोलीबाट १२ जनाले प्रतिस्पर्धा गरेका थिए । 

विजयी टोली बुधवारै स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्