२९ जेठ २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपतिद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना

काठमाडौं – महाअष्टमीको शुभदिन बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, संकटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरिन् । उनले सम्बन्धित मन्दिरका पूजारीबाट फूलप्रसाद एवम् टीका ग्रहण गरिन् ।

बुधवारै बिहान उनले काभ्रेको पलाञ्चोक भगवतीको दर्शन एवम् पूजाअर्चना गरेकी थिइन् । महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्