२४ जेठ २०८३, आइतबार

एनआईसी एसियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्न सकिने

एनआईसी एसियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्न सकिने

काठमाडौं – एनआईसी एसिया बैंकले न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्न सकिने व्यवस्था मिलाएको छ ।

‘सोच बदलौं, एनआईसी एसिया बैंक नै रोजौं’ भन्ने मुल नाराका साथ एनआईसी एसिया बैंकले आफ्ना ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्न लाइनमा बसिरहन नपर्ने र अब घरैमा बसी झन्झटरहित तरिकाबाट बैंक खाता खोल्न सकिने जनाएको छ ।

ग्राहकले अनलाइनबाट ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधामा २०% को विशेष छुट पाउन सक्ने छन् । सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोल्न सहजता होस् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको छ ।  

बैंकलाई जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६१ शाखा कार्यालय, २ सय ५६ एटीएम, २५ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।

बैंकको वासलातको आकार २ सय अर्बभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६४ अर्ब तथा कर्जा १ सय ३८ अर्ब पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाख १९ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्