×

NMB BANK
NIC ASIA

चार भाइ नै भारतीय सेनामा, मिलेन दशैंमा बिदा

लाहुरेलाई न दशैं न तिहार, केवल राइफलको भार !

कात्तिक २, २०७५

NTC
Premier Steels

नयाँ दिल्ली (भारत) –नेपालमा बेला बखत भारतीय सेनामा गोर्खा भर्ती बन्द गर्ने बहस चल्छ । तत्कालीन नेकपा माओवादीले विक्रम सम्वत २०५२ सालमा शुरू गरेको ‘जनयुद्ध’को एउटा माग सुगौली सन्धीको खारेजी र गोरखा भर्ती केन्द्र बन्द गर्ने पनि थियो । 

Muktinath Bank

माओवादी संघर्षको शान्तिपूर्ण अवतरणपछि पनि पहिलो संविधानसभामा गोरखा भर्ती बन्द गर्ने कुरा उठ्यो । नेपालमा गोरखा भर्ती बन्दको प्रसंग बेला बखत उठेपनि भारतीय सेनामा ‘लाहुरे’ बन्न आउने नेपाली युवाको रुचि घट्नुको साटो बढ्दो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो मुलुकमा जाने क्रम बढेकाले भारतमा अन्य ज्याला मजदुरी गर्न आउने कामदारको संख्या घटेपनि भारतीय सेनामा जागिर खाने भने रोकिएका छैनन् । सन् १९५० को नेपाल–भारतमैत्री सन्धीपछि शुरू भएको भारतीय गोरखा भर्तीमा अहिले पनि नेपालका हजारौं युवा कार्यरत छन् ।


Advertisment
Nabil box
Kumari

चार भाइ नै भारतीय सेनामा

Vianet communication

अर्घाखाँची छत्रदेव– ४, केरुङ्गा  बरबोटका स्व. दिलप्रसाद श्रेष्ठका चारैभाइ छोरा इन्डियन आर्मी हुन् । आफ्नो जीवनकालको उर्जाशील समय भारतीय भूमिको रक्षामा खर्चिएका उनीहरू आफ्ना सन्ततिले  भने नेपालमै काम गरून् भन्ने चाहन्छन् ।

पारिवारिक कारणले गर्दा दिलप्रसादले भारतको मेघलाय राज्यका गभर्नरको घरमा पाएको सरकारी नोकरी बीचमै छाड्नुपर्‍यो ।

बाबुको सरकारी नोकरी खाने सपना पूरा हुन नसकेपनि छोराहरू भने सबैले भारतीय आर्मीको ‘आसाम राइफल युनिट’बाट सरकारी जागिर शुरू गरे । 

दुई वर्षपहिले ३३ वर्षे सेवा पूरा गरी अवकाश पाएका जेठा छोरा बाबुराम अहिले नेपालको तराईतिर बस्छन् भने माइला कुलानन्द, साँहिला रामचन्द्र र कान्छा बालकृष्ण भारतमै सेवा दिइरहेका छन्  ।

सन् १९८५ मा सिपाहीबाट जागिर शुरू गरेका बाबुराम हवल्दार भएर रिटायर्ड भए । भारत–पाकिस्तान बोर्डर जम्मु–कश्मीर तथा बंगलादेश, चीन र श्रीलंकाको सिमानामा धेरै समय कार्यरत बाबुरामलाई आफ्नै देश नेपालको सीमामा काम गर्ने आवसर भने जुरेन ।

सन् १९८९ मा भारतीय सरकारले श्रीलंकामा शान्ति सेनाको रूपमा खटाएका बाबुरामलाई आँखै अगाडि आफ्ना धरै साथी तमिल विद्रोहीको गोलीले ढलेको देख्दा अझै पनि मन खिन्न हुन्छ । हुन त मर्ने र मार्ने कशम खाएर सेनामा भर्ति भएका बाबुरामलाई आफ्नो सेवाको समयमा कुनै चोटपटक लागेन । ‘बाआमाको माया अनि कुलदेवताको आशिर्वादले कहिल्यै केही नराम्रो भएन,’ बाबुरामले लोकान्तरसँग भने ।

दाजुको प्रेरणाले १९८७ मा इन्डियन आर्मीमा भर्ति भएका माइला भाइ कुलानन्द अहिले आसाममा कर्यरत छन् । खेलकुदमा समेत रुचि राख्ने उनी अर्को साल नायब सुब्बामा बढुवा भएपछि रिटायर्ड हुने सोचमा छन् । विभिन्न बक्सिङ्ग  प्रतियोगितामा भाग लिई तक्मा समेत प्राप्त गरेका कुलानन्दलाई बक्सर भनेर चिन्छन्, बटालियनमा उनका साथीहरूले ।

माइला दाजुजस्तै बक्सिङ्गमा रुचि राख्ने साँहिला रामचन्द्र सन् १९९३ मा  सिपाहीमा भर्ति भएर अहिले हवल्दारको रूपमा आसाममै कार्यरत छन् । दुइ छोराका पिता रामचन्द्र आफ्ना छोराहरूले नेपाल आर्मीमा सेवा गरून् भन्ने चाहन्छन् ।

दिलप्रसादका कान्छा छोरा बालकृष्ण अहिले माणिपुरमा कर्यरत छन् । १९९३ मा भर्ति भएका बालकृष्णले धेरै समय नागाल्यान्डमा बिताए । 

भारतीय माओवादीको आधार इलाका मानिने उक्त क्षेत्रमा धेरैपटक लडाइमा सामेल पनि भए । अर्को साल सिपाहीमा बढुवा हुन लागेका बालकृष्णले जागिरका कारण दशैंमा नेपाल आउन नसक्ने बताए । 

‘छुट्टी मागेको बिदा नै मिलेन,’ लोकान्तरसँग टेलिफोनमा बालकृष्णले भने, ‘लाहुरेलाई न दशैं न तिहार, केवल राइफलको भार ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x