१२ साउन २०८३, मंगलबार

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तोकिएको समयमैै : मन्त्री अधिकारी

कात्तिक १, २०७५
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तोकिएको समयमैै : मन्त्री अधिकारी

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा बिहीवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले विमानस्थलको निर्माण कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को वर्तमान सरकारको प्रमुख लक्ष्य पूरा गर्न समग्र विकास निर्माणका लागि संघ, प्रदेश र स्थानीय ३ वटै सरकारको समन्वयको आवश्यकता पनि औंल्याए । 

नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य एवम् प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जिल्लाका ५ वटै स्थानीय तह र वडास्तरमा समेत पार्टी संयन्त्र निर्माण भइसकेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्