२४ जेठ २०८३, आइतबार

प्रदेश प्रमुख मल्ल र मुख्यमन्त्री भट्टको शुभकामना – आपसी एकता, सद्भाव कायम होस्

कात्तिक २, २०७५
प्रदेश प्रमुख मल्ल र मुख्यमन्त्री भट्टको शुभकामना – आपसी एकता, सद्भाव कायम होस्

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले नेपालीहरुको महान् चाड वडादशैँ, दीपावली र छठ पर्वले देश विदेशमा रहेका नेपालीलाई समृद्धिको दिशातर्फ अघि बढ्ने प्रेरणा मिलोस् भनी शुभकामना दिएका छन् । 

प्रदेश प्रमुख मल्लले आज दिएको शुभकामना सन्देशमा नवदुर्गा, लक्ष्मी र छठी देवीको आराधना गरी मनाइने यी पर्वबाट नारीहरुको शक्तिको स्वरुप करुणा र कल्याणलाई जान्न सकौँ भन्ने कामनासमेत गरेका छन् । 

मुख्यमन्त्री त्रिलोचन भट्टले वडादशैंको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता, सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले दशैँजस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व काय गर्न सहयोग पुगेको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी कामनासमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्