१३ असार २०८३, शनिबार

चीनको सहायताले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्ने सुरमा इरान

कात्तिक २, २०७५
चीनको सहायताले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्ने सुरमा इरान

काठमाडौं – इरानविरुद्ध अमेरिकी प्रतिबन्ध लाग्नुअघि नै कच्चा तेलको भारी मात्रामा चीन पुग्न लागेको छ ।

रोयटर्स समाचार संस्थाको आँकडाले यही महिना चीनको उत्तरपूर्वी दालियान तटमा कच्चा तेल पुग्न लागेको देखिएको छ । नोभेम्बर महिनाको पहिलो हप्तामा अमेरिकी प्रतिबन्ध लागू हुनेछ । 

अमेरिकाले इरानी तेल खरिदमा प्रतिबन्ध लगाउन लागेको बेलामा चीनको सहायता आएको हो । यसले गर्दा चीन र अमेरिकाबीचको व्यापारयुद्ध झनै चर्किने देखिएको छ । 

रोयटर्सका अनुसार, इरानी ट्यांकर कम्पनीका सुपरट्यांकरहरूले कुल २.२ करोड ब्यारल कच्चा तेल दालियान पु¥याउन लागेका छन् । दालियानमा सामान्यतया हरेक महिना ३० लाख ब्यारल तेल पुग्ने गरेको छ । यस्तोमा
अमेरिकी प्रतिबन्ध लाग्नुअघि चीनमा भारी मात्रामा तेल भण्डारण गर्ने इरानी योजना हुनसक्छ यो । 

तेल निर्यातक देशहरूको संगठन (ओपेक) मा इरान तेस्रो सबभन्दा ठूलो तेल उत्पादक मुलुक हो । इरानको तेल निर्यातमा अमेरिकी प्रतिबन्ध लागू हुनुअघि नै उसबाट कच्चा तेलको माग घटिसकेको छ । 

इरानले सन् २०१४ मा प्रतिबन्ध लाग्दा पनि दालियानमा आफ्नो तेल स्टोर गरेको थियो र पछि दक्षिण कोरिया र भारतलाई बेचेको थियो । चीनको दालियानमा ठूला रिफाइनरीहरू तथा व्यावसायिक तेल भण्डारण सुविधाहरू छन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्