![शीतल निवासमा ‘भीभीआईपी’ दशैं, प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्म राष्ट्रपतिबाट टीका लगाउँदै [हेर्नुस् फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/VIP_TIKA__cover_11_X6HB4FSUgh.jpg)
काठमाडौं – नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा देशभर चहलपहल भइरहेका बेला राष्ट्रपति कार्यालय शितल निवासमा विशिष्ट व्यक्तित्वले ‘भीभीआईपी’ दशैं मनाएका छन् ।
राज्य सञ्चालनका मुख्य जिम्मेवारीमा रहेका व्यक्तिदेखि सर्वसाधारणसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्न शितल निवास पुगेका थिए ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतले पारिवारिक टीका ग्रहण र अर्पण गरेर शितल निवास पुगेका थिए । शितल निवासमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली दम्पती, रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले राष्ट्रपतिबाट टीका ग्रहण गरेका छन् ।
टिका ग्रहण गर्न सरकारी सेवाका मुख्यसचिवदेखि सुरक्षा निकायका प्रमुखसम्म शितल निवास पुगेका थिए ।
हेर्नुस् फोटोहरू :













