
कलैया – नाच हेरेर मेलाबाट फर्किने क्रममा ट्याक्ट्रर पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
ना४त ३५९१ नम्बरको ट्याक्ट्रर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए ।
ट्याक्ट्रर पल्टिँदा सोही ठाउँका कृष्णनन्दन घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दशैंको अवसरमा चिउटाहामा लागेको मेलामा बतराका युवाहरु ट्याक्ट्रर चढेर नाच हेर्न आएका थिए ।
तीव्रगतिका कारण ट्याक्ट्ररको दुर्घटना हुन सक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।