
मुम्बई – पछिल्लो समय बलिउडमा निकै खुल्लापन आएको छ । किसिङ सिन र बेड सिन अहिले निर्धक्कसँग दिने गरिन्छ । तर यस्तो खुल्ला पनको सिकार बलिउड सेलिब्रेटी कयौ पटक भएका छन् । जसको कारण ठुलो बिवाद समेत उत्पन्न भएको देख्न सकिन्छ ।
चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले अभिनेत्री बिपाशा बसुलाई खुल्लेआम किस गरेर हंगामा मच्चाएका थिए । यो किसले निकै चर्चा पायो । यहि कारणले बिपाशाको प्रेमी जोन अब्राहमले उनलाई छोडदिए ।
चर्चित वकील तथा बरिष्ठ नेता राम जेठमलानीले एक अवार्ड कार्यक्रममा अभिनेत्री लीना चन्द्रावरकरलाई लिपकिस गरेका थिए । यो घटनाले ठुलै रुप लियो ।
बर्षाै पहिले स्टारडस्ट म्यागजिनको कभर पेजमा निर्माता निर्देशक महेश भट्ट र उनकी छोरी पुजा भट्टको लिपलप किस सिन रहेको तस्बिर छापिएको थियो । यो बलिउडको सबैभन्दा बढी बिवाद मध्यको एक मानिएको छ ।
२००७ मा आफ्नो जन्मदिनको अवसरमा मीका सिंहले राखीलाई जर्वजस्ती समातेर किस गरेका थिए । यो किस निकै चर्चामा रह्यो । बिवाद पुलिस कार्यलयमा पुगेर मिलेको थियो ।
३०१३ मा आइपिएलको म्याजको दौरानमा दीपिका र सिद्धार्थ माल्या रोयल च्यालन्जर बेलंगुरको समर्थन गरिरहेका थिए । यो म्याचमा रोयलले जितेपछि सिद्धार्थले दीपिकालाई समातेर किस गरेका थिए । यो किसले बलिउडमा हंगामा मच्चियो ।