१२ असार २०८३, शुक्रबार

टीकाको दिन साथी भेट्न गएका १४ वर्षीय किशोर वेपत्ता

कात्तिक ३, २०७५
टीकाको दिन साथी भेट्न गएका १४ वर्षीय किशोर वेपत्ता

काभ्रे–पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बेपत्ता भएका छन् ।
 
सम्राट शुक्रबार बिहान ढुंगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए ।

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । 

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्