
राजन पराजुली
अचम्मको मान्छे म
अनि अचम्मको दिमाख मेरो
संसारमा कयौका कति धेरै वेष्ट फेन्ड हुन्छन
अजिब छ मेरो जीवन
जहा एउटा पनि वेष्ट फेन्ड छैनन् ।
मन मेरो नारायणी नदि जस्तै पवित्र छ
मस्तिष्क मेरो पशुपतिनाथ जस्तै
विशाल छ
हतपत मेरो मुख कोही सँग बोल्दैन
कसैलाई छिन भरमा आफ्नो ठान्दैन
मेरो कानलाई अनावश्यक हल्ला फिटिक्कै मन
पर्दैन
जो सँग सम्बंधमा गासिन्छु,जसलाई आफ्नो
ठान्छु ति सबै मेरा मृटु भित्रका धड्कन
हुन,जो चौविसै घण्टा धड्की रहन्छन
मेरा कोही वेष्ट फेन्ड छैनन् ।
फेसबुकको भित्तामा
त मेरो वेष्ट फेन्ड हो भन्दै
उसको अगाडी हिरो बन्न आउदैन
उसको अगाडी ठूलो बन्न जान्दिन
म त हरेक साथी लाई छातीको भित्तामा
टसाएर हिड्न रूचाउने मान्छे
मेरा कोही वेष्ट फेन्ड छैनन् ।
मिठो बोल्ने सँग छिन भरमा
पानीमा चिनि घोलिए झै घोल्लिन्छु
तीतो बोल्ने सँग पानीमा तेल
तैरिए झै तैरिदिन्छु
जसरि मन्दिरमा रहेका भगवानले
सबैलाई उस्तै नजर,प्रेमले हेर्छन
उस्तै गरि मैले मेरा सबै साथीलाई सम्मान दिन्छु,
मान्छु
मेरा कोही वेष्ट फेन्ड छैनन् ।
मन भित्रको गाथा सबैलाई फ्याट पोखिदिन्छु
सँगसँगै हिड्दा
सबै सँग मुस्कान छरेर बोलिदिन्छु
कसैलाई त मेरो वेष्ट फेन्ड हो भनेर
आर्को साथीको मन भित्र म प्रति
घृणाको ज्वाला बिस्पोट गराउन रूचाउदिन
मलाई थाहा छ,
आज वेष्ट फेन्ड भनेको साथी
भोली म देखि टाढा हुन सक्छ,रहन सक्छ
अनि, बाकी साथी लाई कुन मुख देखाएर
उसको काधमा यी हात राखेर, म
डुल्न सक्छु,हिड्न सक्छु
मेरा कोही वेष्ट फेन्ड छैनन् ।
दुर्गा मातालाई पुजेर
लक्ष्मी मातालाई हेला गर्न रुचाउदिन
शिब भगवानको भजन गाएर
कृष्ण भगवानलाई परको ठान्न
मनले मान्दैन
मेरो लागि सबै भगवान बराबर छन
उस्तै हुन मेरो लागि मेरा साथी पनि
कसैलाई नजिक कसैलाई टाढाको
सोच्न सक्दिन
मेरा कोही वेष्ट फेन्ड छैनन्
कोही सँग चुम्बकले फलामलाई
टासे जस्तै
टासि रहन म सक्दिन
एकछिनको सम्मानको लागि
कसैलाई फुरूक्क उफार्न आउदैन
म त तरल पानी जस्तै हु
हरेक सँग मस्त घुलिन्छु,मिसिन्छु
आफ्नो ठानेर बोलि दिन्छु
मेरा सबै साथि छाती भित्र अड्कीएर बसेका
छन,अटाएका छन
कसैलाई छुटाउन,हटाउन मैले कहिल्यै सक्दिन
मेरा कोही वेष्ट फेन्ड छैनन्
हो साच्चै, मेरा कोही वेष्ट फेन्ड छैनन्
चितवन