
टोकियो– कांग्रेस नेता प्रदीप पौडेल शनिबार जापान आइपुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी यहाँ आएका हुन् ।
गतवर्ष जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन जापान अाएका पौडेललाई त्यहाँको अध्यागमले फिर्ता पठाइदिएको थियो ।
यसपटक भने उनले निर्वाध रुपमा प्रवेश पाएको बताइएको छ ।
पौडेललाई हानेदा विमानस्थलमा नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले स्वागत गरेका थिए ।