२२ जेठ २०८३, शुक्रबार

ओली सरकारले दुई तिहाई बहुमतको दम्भको ताण्डब नृत्य देखाईरहेको छ : बस्नेत

कात्तिक ३, २०७५
ओली सरकारले दुई तिहाई बहुमतको दम्भको ताण्डब नृत्य देखाईरहेको छ : बस्नेत

काठमाडा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोप लगाएका छन् । 
उनले भने,‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको क्षेत्रलाई समेत आक्रमण गर्न थालेको छ । 
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई बहुमतको दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाईरहेको गम्भिर आरोप लगाए । 
उनले भने,‘सरकार पूर्ण रुपमा असफल भएको छ भन्ने कुरा जसले यो सरकारलाई समर्थन गर्नुभएको छ, उहाँहरुले पनि यो कुरा भनिसक्नुभएको छ । देशमा अहिले शान्ति, सुरक्षाको अवस्था दयनीय छ । दशैंजस्तो चाडको बीचमा महँगी अत्यधिक बढेको छ । बलात्कारको घट्ना सबैभन्दा बढि यो अवधिमा भएको छ ।’
उनले भने,‘बलात्कारीहरुलाई पत्ता लगाउनुको साटो सरकारले प्रमाणहरु लुकाउने काम गर्यो  जतिवटा छानबिन आयोग गठन भएपनि अहिलेसम्म गहिराई त परै जाओस् सतहीमा पनि पुग्न सकेको छैन् । किनभने जसले छानबिन गर्नुपर्ने हो, उनीहरुले घट्नामा मुछिएका छन् भन्ने कुरा बाहिर आएका छन् ।’
जनताले बलात्कारीलाई पत्ता लगाएर कारबाही गर्नुपर्छ, महँगी नियन्त्रण गर्नुपर्छ, बाटोघाटो बनाउनुपर्यो भनेर गुनासो पोख्न थालेपछि प्रधानमन्त्रीजस्तो व्यक्तिले भन्नै नहुने कुरा बोलेको पनि उनले गुनासो पोखे ।
 

salt training

कमेन्ट गर्नुहोस्