२२ जेठ २०८३, शुक्रबार

करेन्ट लागेर बालकको मृत्यु

कात्तिक ४, २०७५
करेन्ट लागेर बालकको मृत्यु

राजविराज – सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिवार साँझ १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्