२३ असार २०८३, मंगलबार

गोली लागेर एकको मृत्यु

कात्तिक ४, २०७५
गोली लागेर एकको मृत्यु

हुम्ला–बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । 
उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । महतारालाई उक्त भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्