३१ जेठ २०८३, आइतबार

लियोनल मेसी घाइते

कात्तिक ४, २०७५
लियोनल मेसी घाइते

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेसी घाइते भएका छन् । शनिबार राती क्याम्प नोउमा भएको सेभिल्ला विरुद्धको खेलमा मेसी घाइते भएका हुन् । उनलाई के कति चोट लागेको छ भन्नेबारे जानकारीमा आइसकेको छैन । 
यद्यपी सो खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेभिल्लालाई ४– २ गोल अन्तरले हराएन मात्रै लिगको शीर्ष स्थानमा पनि  उक्लिएको छ । 

बार्सिलोनाको जितमा मेसीको काउन्टिन्होले पहिलो गोल गरे भने दोस्रो गोल १२ औँ मिनेटमा मेसीले गरे । तर २४ औं मिनेटमा मेसी घाइते हुँदै मैदानबाट बाहिरिए । 

मेसी बाहिरिएपछि पनि गोलको क्रम रोकिएन । लुइस स्वारेजले ६३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर टोलीलाई ३–० को अवस्थामा पुर्याए । 

तर, सेभिल्लाका पाब्लो सराबियाले ७९ मिनेटमा एक गोल फर्काए । यस्तै इभान राकिटिकले ८८ औँ मिनेटमा गोल गरेर बार्सिलोनालाई  ४–१ को अग्रता दिलाउँदा अतिरिक्त समयमा सेभिल्लाका लागि मुरिएलले गोल गर्दै टाेलीलाई ४–२ को अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट गोल नहुँदा बार्सिलोना ४–२ ले विजयी बन्यो । 

जितसँगै बार्सिलोना १८ अंकसहित फेरि शीर्ष स्थानमा उक्लिन सफल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्