
काठमाडौं — बलिउड अभिनेत्री प्रियंका चोपडा छिट्टै अमेरिकी गायक निक जोनाससँग बिहेको बन्धनमा बाँधिन लागेकी छन् ।
अहिले चाहिँ उनी संसारको भ्रमण गरिरहेकी छन् र मस्तीको मूडमा छिन् ।
हालै आलिया भट्टसँग न्युयोर्कमा देखिएकी प्रियंका लास भेगासमा संगीतकार एआर रहमानका साथ देखिइन् । प्रियंका र रहमान दुवैले सामाजिक सञ्जालमा तस्वीर पनि शेयर गरे ।
प्रियंका एक सांगीतिक समारोहमा भाग लिन पुगेकी थिइन् । त्यसमा एआर रहमानले पर्फर्म गरेका थिए ।
प्रियंका र निकको बिहेको खबर खुबै चलिरहेको छ । रिपोर्टअनुसार, उनीहरू डिसेम्बर २ मा बिहे गर्न गइरहेका छन् ।
एजेन्सी