२१ जेठ २०८३, बिहीबार

पाकिस्तानी आईटी कम्पनीले महिलालाई हिजाब नलगाई आउन दियो आदेश, मच्चियो हंगामा

कात्तिक ४, २०७५
पाकिस्तानी आईटी कम्पनीले महिलालाई हिजाब नलगाई आउन दियो आदेश, मच्चियो हंगामा

काठमाडौं — पाकिस्तानमा रहेको एक सफ्टवेयर कम्पनीमा कार्यरत महिलालाई कार्यक्षेत्रमा हिजाब नलगाइकन आउन आदेश दिएको छ । 

यसो नगरेमा जागिर छोडेर जान कम्पनीले महिलालाई बताएको छ । 

कुनै पनि मुसलमानी देशमा हिजाबका सम्बन्धमा आपत्ति उठाइएको यो शायद पहिलो घटना हो । यसले गर्दा सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । 

घटनापछि क्रिएटिभ किओस कम्पनीका मुख्य कार्यकारी अधिकारी जावेद कादिरले राजीनामा दिएका छन् । 

पीडित महिलाले भनिन्, ‘एक व्यवस्थापकले मलाई जागिर गर्नुछ भने हिजाब नलगाइकन आउनू भने । हिजाब लगाउँदा कम्पनीको छवि खराब भएको उनले बताए । मलाई जागिर छोडेमा दुई इस्लामिक बैंकमा वैकल्पिक जागिर पनि अफर भएको छ ।’

सीईओ कादिरले घटनाक्रममा माफी मागेका छन् । उनले भने, ‘हाम्रा स्टाफका एक वरिष्ठ अधिकारीले महिलामाथि नराम्रो व्यवहार गर्दै राजीनामा मागे । म यस घटनाको जिम्मेवारी लिँदै सीईओ पदबाट राजीनामा दिन्छु ।’

पीडित महिलालाई राजीनामा फिर्ता लिन र जागिर खाइरहन भनिएको छ । अनि सम्बन्धित व्यवस्थापकमाथि कारवाही चलाइँदैछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्