३० जेठ २०८३, शनिबार

नाइजेरियामा किशोरीहरूलाई जबर्जस्ती बनाइन्छ गर्भवती, अनि बेचिन्छ बच्चा

कात्तिक ४, २०७५
नाइजेरियामा किशोरीहरूलाई जबर्जस्ती बनाइन्छ गर्भवती, अनि बेचिन्छ बच्चा

काठमाडौं — नाइजेरियामा महिलामाथि चरम अत्याचार हुने गरेको छ । त्यहाँ किशोरीहरूलाई पोल्ट्रीफार्मको कुखुरीलाई जस्तो जबर्जस्ती गर्भवती बनाइने गरेको छ । 

तेह्र वर्षदेखि १८ वर्षसम्मका किशोरीहरूलाई जबर्जस्ती गर्भवती बनाएर बच्चा जन्माउन बाध्य बनाइने गरेको छ । नाइजेरियामा यो व्यापारकै रूपमा मौलाएको छ । 

किशोरीहरूबाट जन्मेका बच्चालाई बच्चा नहुने जोडीलाई बेच्ने गरिएको छ । नाइजेरियामा यो घिनलाग्दो कामलाई बेबी फार्मिङ भन्ने गरिन्छ । गर्भवती भएका किशोरीलाई बन्दुक देखाएर बच्चा जन्माउन बाध्य पारिन्छ । 

अनाथालयमा बस्ने किशोरीहरूमाथि यस्तो अत्याचार बढी हुने गरेको छ । रोग लागेर अस्पताल भर्ना भएका गरीब किशोरीहरूलाई पनि शिकार बनाउने गरिन्छ । 

यो धन्धामा लागेका मानिसले गरीब र मजबूर किशोरीहरूलाई समात्छन् । 

नाइजेरियामा गर्भपात गैरकानूनी भएकाले ती किशोरीले बच्चा जन्माउनैपर्ने हुन्छ । त्यसैको फाइदा उठाएर पनि बेबी फार्मिङ धमाधम हुने गरेको छ । 

छोरो जन्मिएमा उसलाई बेचेर ५ हजार डलर कमाइ हुन्छ भने छोरी जन्मिएमा ४ हजार डलर दिइन्छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्