२९ जेठ २०८३, शुक्रबार

बहिनी रोएपछि दाइले यसरी फुल्याए, बनाए भावुक (भिडियो)

कात्तिक ४, २०७५
बहिनी रोएपछि दाइले यसरी फुल्याए, बनाए भावुक (भिडियो)

काठमाडौं — दाजुबहिनीको सम्बन्ध अनमोल हुन्छ । बहिनीको आँसु निस्कियो भने सबभन्दा बढी पीडा दाइलाई नै हुन्छ । 

दाइबहिनीको यस्तै भावुक सम्बन्ध देखाउने एउटा भिडियो सामाजिक सञ्जालमा हिट भएको छ । बहिनी फ्रीली र दाइ ज्याक्सनले गरेको क्रियाकलापले तपाईं पनि भावुक हुनुहुनेछ । 

फ्रीली र ज्याक्सन बास्केटबल खेलिरहेका थिए । फ्रीली बललाई बास्केटमा हाल्ने कोशिश गर्छिन् । तर बल हाल्न नसकेपछि रुन थाल्छिन् । 

दाइ ज्याक्सन त्यहीँ हुन्छ र बहिनी रोएको देखेर उसलाई अँगालो हाल्छन् । उनी भन्छन्, ‘केही छैन । तिमी मजबूत छौ ।’ 

त्यसपछि उनी बहिनीलाई बल दिएर उचाल्छ र बल बास्केटभित्र हाल्न लगाउँछ । बल छिरेपछि बहिनी बेस्सरी हाँस्न थाल्छिन् ।

यो सुन्दर भिडियो सामाजिक सञ्जालमा खुबै शेयर गरिएको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्