०४ साउन २०८३, सोमबार

निर्मला हत्या प्रकरणमा मुछिएका एसपी विष्टलाई निष्काशन गर्न सिफारिस

कात्तिक ४, २०७५
निर्मला हत्या प्रकरणमा मुछिएका एसपी विष्टलाई निष्काशन गर्न सिफारिस

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता थापाले गृह मन्त्रालयले सिफारिस उपर आईतबार निर्णय गर्न सक्ने सम्भावना रहेको बताए । हत्या घटना छानबिनमा हुन सक्ने प्रमाण नष्ट गरेको, निर्दाेषलाई फसाउन नक्कली प्रमाण बनाएको र यातना दिएको लगायतका आरोप एसपी विष्टमाथि लागेका छन् ।

घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समिति र राष्ट्रिय मानवअधिकार आयोगले समेत एसपी विष्टले अपराधी लुकाउन खोजेको आरोप लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्