३० जेठ २०८३, शनिबार

अफिसको छतबाट अचानक खस्यो अजिंगर, भयो भागाभाग (भिडियो)

कात्तिक ४, २०७५
अफिसको छतबाट अचानक खस्यो अजिंगर, भयो भागाभाग (भिडियो)

काठमाडौं — चीनको एक कार्यालयमा स्टाफ मीटिङ चलिरहँदा छतबाट अचानक पाँच फीट लामो अजिंगर खस्दा कर्मचारीको सातोपुत्लो उडेको छ  

दक्षिण चीनको बैंकमा बैठक चलिरहँदा पंखाबाट अजिंगर खसेको थियो। खस्नेबित्तिकै सर्प यताउता जान थाल्यो । अनि मानिसमा भागाभाग मच्चियो । के गर्ने भनी कसैलाई सुझेन । 

यो घटना शुक्रवार भएको हो । नानिङ शहरमा रहेको चाइना इन्डस्ट्री एन्ड कमर्सियल बैंकको जिन चेंग शाखामा यो घटना भएको हो । 

बैंक कर्मचारीले वन्यजन्तु विभागका मानिसलाई बोलाएपछि अजिंगरलाई समातिएको थियो । अजिंगल नजिकैको फूल बजारबाट भवनमा आएको कर्मचारीहरूको भनाइ छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्