
काठमाडौं — बंगलादेशका परराष्ट्रमन्त्री एएच महमूद अलीले आठ हजार रोहिंग्याहरूको पहिलो जत्था छिट्टै सुरक्षित रूपमा म्यान्मारको रखाइन प्रान्त पुग्न सफल हुने आशा व्यक्त गरेका छन् ।
बंगलादेशको पत्रिका डेलीस्टार डट् नेटको रिपोर्टअनुसार, अलीले म्यान्मारसँग रोहिंग्याको जटिल मुद्दा सुल्झाउनका लागि अन्तर्राष्ट्रिय समुदायको लगातार सहयोगका लागि धन्यवाद दिए ।
अलीले शुक्रवार ब्रसेल्समा "बहुपक्षीय प्रणालीको सुदृढीकरण : वैश्विक चुनौतीहरूमा एसिया युरोप साझेदारी" विषयक सम्मेलनमा विस्तृत सत्रमा सम्बोधन गर्दै यो कुरा बताएका हुन् ।
एजेन्सी