
कलैया – बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतवार बिहान आफ्ना २ छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
रामले आफ्ना ५ वर्षीय छोरा सुबिन राम र ३ वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनै जनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए ।
मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।