०९ साउन २०८३, शनिबार

रोनाल्डो र मेस्सीविनाको एल क्लासिको हुने भयो खल्लो

कात्तिक ४, २०७५
रोनाल्डो र मेस्सीविनाको एल क्लासिको हुने भयो खल्लो

काठमाडौं — अर्को आइतवार ला लिगामा हुने एल क्लासिको अनौठो खालको हुनेछ । 

बार्सिलोना र रियाल मड्रिडबीचको खेललाई एल क्लासिको भन्ने गरिन्छ । ती दुई क्लबका दुई शीर्ष खेलाडी उक्त खेलमा नहुने भएपछि क्लासिको खल्लो हुने देखिएको छ ।

रियालका खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्टस गइसकेका छन् । उनले सन् २००९ मा रियाल प्रवेश गरेदेखि उक्त टीमको आक्रमण मोर्चा सम्हालेका थिए । 

अनि बार्सिलोना पनि आफ्ना सर्वोत्कृष्ट खेलाडीविना नै मैदानमा उत्रनुपर्ने भएको छ । 

शनिवार सेभियाविरुद्धको खेलमा दाहिने हात भाँचिएर लियोनेल मेस्सी खेलको २६ मिनेटमै बाहिरिनुपरेको थियो । 

तर घाइते भएर मैदान छोड्नुअघि मेस्सीले एक गोल गरे अनि अर्को गोलका लागि असिस्ट गरे । त्यसबाट पनि उनको महत्त्व बार्सिलोनामा कति छ भन्ने देखिन्छ । 

मेस्सी अब तीन हप्ता खेल्न सक्ने छैनन् । आफ्ना सर्वोत्कृष्ट खेलाडीविना नै कट्टर प्रतिस्पर्धी रियाललाई बार्साले आफ्नो गृहमैदानमा निम्तो गर्नुपरेको छ । 

क्लासिकोमा रोनाल्डो र मेस्सी दुवै नखेलेको यसभन्दा ११ वर्षअगाडि थियो । 

त्यतिखेर रोनाल्डो म्यानचेस्टर युनाइटेडमै थिए भने मेस्सीले तिघ्राको मासु च्यातिएर खेल्न पाएका थिएनन् । 

मेस्सीले जम्मा दुईवटा क्लासिको खेल गुमाएका छन् र ती दुवैमा बार्सिलोना हारेको छ ।

गोल डट्कमबाट 

salt training

कमेन्ट गर्नुहोस्