३१ जेठ २०८३, आइतबार

अपडेट : मेस्सीको दाहिने हात भाँच्चियो, तीन साता खेल्न नसक्ने

कात्तिक ४, २०७५
अपडेट : मेस्सीको दाहिने हात भाँच्चियो, तीन साता खेल्न नसक्ने

बार्सिलोना- अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । 

बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभिया बिरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो । 

तीन साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थित हुने छैनन् । 

बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेस्सीको अनुपस्थितिले टीमलाई नोक्सान गर्ने भएपनि बार्सिलोना टीममा राम्रा खेलाडी अरु पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्