२३ जेठ २०८३, शनिबार

पार्क पसे ढिकी, जाँतो र कोल

कात्तिक ५, २०७५
पार्क पसे ढिकी, जाँतो र कोल

 गोरखा - ढिकीमा धान अनि जाँतोमा कोदो, मकै, चामल, गहुँ र जौ पिस्ने गरिन्थ्यो– १० वर्ष अघिसम्म । 
तोरी र तिल कोलमा हालेर तेल निकालिन्थ्यो । तर समय यसरी बदलियो कि, परम्परादेखि प्रयोग हुँदै आएका यस्ता सामग्रीको चलनै हरायो । लोप नै होला भन्ने डर । 
यिनै ढिकी, जाँतो र कोल संरक्षण गर्न गोरखा नगरपालिका– १२ रानीटारमा पर्यटकीय पार्क नै बनाइएको छ । आधुनिक मेसिन औजार नआउँदै पुर्खाले प्रयोगमा ल्याएको ढिकी, जाँतो र कोल लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्नुपरेको स्थानीयले बताए । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्