
अस्ट्रेलिया – दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीका नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ट अवार्ड पाएका छन् ।
यहाँका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये उत्कृष्टलाई दिइने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्यावारिधि गरिरहेका विद्यार्थीलाई अनुसन्धानका आधारमा दिइने ‘एकेडेमिक एक्सिलेन्स : पोस्टग्राजुएट रिसर्च’ अवार्ड कँडेलले जितेका हुन् ।
कँडेललाई व्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र प्रदान गरे । बाग्लुङ, गल्कोटका कँडेल आँखामा लाग्ने रोगले मानिसको जीवनमा पार्ने प्रभावबारे अध्ययन गर्न ४ वर्षअघि अस्ट्रेलिया आएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।