
काठमाडौं — बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहका प्रशंसकहरूलाई लागि खुशीको खबर छ ।
यी दुईको बिहेको चर्चा लामो समयदेखि हुँदै आएकोमा अब बिहेको मिति फाइनल भउको छ । यो रोमान्टिक कपलले १४–१५ नोभेम्बरमा बिहे गर्ने भएका छन् ।
दुवैजनाले ट्विटरमा यसको जानकारी दिए । बिहेको कार्ड उनीहरूले ट्विटरमा शेयर गरे र मिति त्यसैमा लेखिएको छ । हिन्दी र अंग्रेजी दुवै भाषामा यसलाई शेयर गरिएको छ ।
सूत्रहरूका अनुसार, दीपिका र रणवीरका लागि यो विशेष अवसर भएकाले बिहेमा नजिकका साथी र नातेदार मात्र आउनेछन् । बिहे इटलीको लेक कोमोमा हुनेछ । उनीहरूले भारत फर्केपछि मुम्बई र बेंगलुरुमा दुईवटा प्रीतिभोज राख्नेछन् ।
यिनीहरूको प्रेम सञ्जय लीला भन्सालीको फिल्म राम लीला फिल्मबाट शुरू भएको हो ।
एजेन्सी