०३ असार २०८३, बुधबार

साउदी युवराजका अंगरक्षकले जमाल खशोग्गीको शरीरको टुक्रा देश लगेको टर्कीको विश्वास

कात्तिक ५, २०७५
साउदी युवराजका अंगरक्षकले जमाल खशोग्गीको शरीरको टुक्रा देश लगेको टर्कीको विश्वास

काठमाडौं — टर्कीका अधिकारीहरूले जमाल खशोग्गीको शरीरको एक टुक्रा साउदी अरबका युवराज मोहम्मद बिन सलमानका एक अंगरक्षकले लगेको विश्वास गरेको सूत्रहरूले मिड ईस्ट आई समाचार वेबसाइटलाई बताएका छन् । 
माहेर अब्दुलअजिज मुतरिब नामक ती अंगरक्षक जासूसी अधिकारी पनि हुन् र उनले नै खशोग्गीको शरीरको एक टुक्रा ठूलो झोलामा हालेर लगेको सूत्रहरूको भनाइ छ । 

मुतरिब प्रायः साउदी राजकुमारका साथ देखिन्छन् । उनले खशोग्गीको हत्या भएको दिन अक्टोबर २ मा निजी विमान चढेर स्थानीय समयअनुसार बेलुका ६ः२० मा टर्की त्यागेका थिए । 

अतातुर्क विमानस्थलको विशिष्ट कक्षबाट गएकाले उनका झोलाहरूको जाँच गरिएन । अलार्म बज्नुअघि नै विमान उडिसकेको थियो । अर्को विमानमा तलदेखि माथिसम्म खोजिएको भएपनि केही फेला नपरेको अधिकारीहरू बताउँछन् ।

मुतरिबसँग कूटनीतिक राहदानी थियो र उनी हतारमा देखिन्थे, उनीहरू भन्छन् । 

टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले आइतवार खशोग्गीको हत्याका सम्बन्धमा नग्न सत्य उजागर गर्ने प्रतिज्ञा गरेका छन् । उनले यस विषयमा मंगलवार नयाँ बयान जारी गर्ने पनि बताए । 

अर्दोआनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई आइतवार फोनमा कुरा गरेर खशोग्गीको मुद्दाका सबै पक्षलाई प्रस्ट पार्नका लागि सहमति जनाएको टर्कीका राष्ट्रपतीय एक सूत्रले जनाएको छ । 

साउदी अरबले शुक्रवार बल्ल आएर आफ्ना अधिकारीहरूले खशोग्गीको हत्या गरेको कुरा स्वीकार गरेको छ तर उनको लाश कहाँ छ भनी बताएको छैन ।


 

salt training

कमेन्ट गर्नुहोस्