२५ जेठ २०८३, सोमबार

नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

कात्तिक ५, २०७५
नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं – थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यू–१९ महिला फुटबल टोली सोमवार त्यसतर्फ प्रस्थान गरेको छ । 

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झना शर्मा, मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास रहेका छन् । 

थाइल्याण्ड प्रस्थान गर्नेमा अधिकांश खेलाडी अघिल्लो महीना भुटानमा सम्पन्न साफ च्याम्पियनसिपमा सहभागी खेलाडी छन् । प्रतियोगितामा नेपाल फाइनलसम्म पुगेको थियो ।

फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार बिदाइ गरेको थियो । 

छनोटको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा आगामी बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेलमा शुक्रवार भारतसँग र समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग कात्तिक ११ गते आइतवार खेल्नेछ । 
समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । 

आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् । एएफसी यू–१९ महिला च्याम्पियनसिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्