
सोलुखुम्बु – खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर सोमवार एक विदेशी नागरिकको ज्यान गएको छ ।
सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हँुदाहँुदै ज्यान गएको प्रहरीले जनाएको छ । कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौं लगिएको छ ।